महिला सशक्तीकरणमा नेता नेपालको जोड
रौतहट । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महिला सशक्तीकरणमा जोड दिएका छन् । उनले महिला सशक्त नभए देशविकास असम्भव रहेको पनि बताए ।
रौतहटको सदरमुकाम गौरमा राजदेवी मिडिया सेन्टरद्वारा बिहीवार आयोजित आठौं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिताका विजयी छात्राहरुलाई पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मिडिया सेन्टरले प्रजातन्त्र दिवसको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्दै आएको महिला साइकल दौड प्रतियोगिताले छात्राहरुमा प्रजातन्त्रको लागि भएको लडाइँको सम्झना हुने उनले बताए ।
उनले रौटहटको विकासका लागि आफूले पहल गरिरहेको भन्दै पनि बताए ।
प्रदेश २ मा भ्रष्टाचार गर्ने परपाटी बढिरहेको चर्चा गर्दै उनले दोषी जनप्रतिनिधी तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए ।
सो क्रममा नेपालले साइकल दौडमा प्रथम भएकी गौर ३ की चञ्चल कुमारीलाई ५० हजार, दोस्रो राजदेवी ६ की रबिना साहलाई ३० हजार र तेस्रो भएकी ममता यादवलाई २० हजारको चेक हस्तान्तरन गरेका थिए।
साइकल दौड प्रतियोगितामा २७ जना छात्राले भाग लिएको राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार पटेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन