शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स

बिहीबार, ०८ फागुन २०७६, १६ : ३१
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गीतमा स्वर दिने स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् । 

गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका छन् । गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ । थपलियाको शब्द रहेको यसअघिको ‘माछीले खाने खोली लेउ’ गीत पनि चर्चित छ । जसमा कार्टुन क्रुकै अभिनय रहेको थियो । 

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत रहेको छ । एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् । रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । शुटिङ कोर्डिनेटर बालकृष्ण ओली रहेको गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो । 
गीतको भिडियोको शुटिङ झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरि अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप