शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोकुल बाँस्कोटा काण्डमा बोले प्रधानमन्त्री

बिहीबार, ०८ फागुन २०७६, १५ : ३७
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्‍याएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्‍याए । 
उनले आफूलाई पद धराप पर्ने धम्कीसमेत आएकाे भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए । 

करिब ४५ मिनेटको भाषणपछि उनले भने, ‘यी सबै कुराहरु विमोचित पुस्तकमा लेखिएका छन् ।’

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप