शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोलखाको भीमेश्वर मन्दिरमा पसिना, पसिना पुछिएको कपास शीतल निवास पठाइँदै

बिहीबार, ०८ फागुन २०७६, १४ : ०३
बिहीबार, ०८ फागुन २०७६

दोलखा । दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको छ । आज बिहान ६ः४५ बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताए । उनका अनुसार बिहान ६ः४५  बजे शिलामा पसिना आएको र ८ः२५ बजे रोकिएको थियो  । 

आज मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको स्थानीय शान्तकृष्ण श्रेष्ठले बताए । दोलखामा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको उनले बताए । भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउन लागेको उनले बताए ।

मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय शिवजी प्रधानले बताए । भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित टोली बिहान ७ः०० बजे मन्दिरस्थल पुगेका थिए । 
 
सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप