शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिशहोम लक्की ड्रका बिजेताले जिते एक लाख नगद

बिहीबार, ०८ फागुन २०७६, १४ : ०३
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं– डिशहोमले ‘डिशहोम मा डिलर दाइको डिस्काउन्ट’ नामक योजना अन्तर्गत माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।

योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००बाट लाइभ लक्की ड्र  प्रसारण भएको थियो । पहिलो लाइभ लक्की ड्रबाट बिजय भएका डिशहोमको सेटअप बक्सको केस नम्बर 02519107484, कावाशोती, नवलपरासीका सुदिप मरासिनी र 02519110650, पोखरा कास्कीकी बिनिता गुरुङ्ग लाई प्रति व्यक्ति एक लाख नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ । आउने लाइभ लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।

फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप