शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीले मुख हेर्न पर्दैन, अडियो सुनेर बाँस्कोटालाई कारबाही गर्दा हुन्छः काँग्रेस (भिडियो सहित)

बिहीबार, ०८ फागुन २०७६, १२ : ५८
बिहीबार, ०८ फागुन २०७६

काठमाडौँ । नेपाली काँग्रेसले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।

उसले बिहीबारको संसद बैठकमा यसबारे काँग्रेसले जोडतोडले प्रश्न उठाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टको मुख हेर्दिन भन्दै आएको स्मरण गर्दै अब अडियो हेरेर कारबाही गर्नुपर्ने बताए । 

‘प्रमले भ्रष्टको मुख हेर्दिन भन्नु भएको थियो । मुख हेर्दै नहेर्नुहोस्, अडियो सुन्नुभयो होला अडियोको आधारमा कारबाही गर्नुहोस्’, शर्माले भने । 

उनले बाँस्कोटाको राजीनामा नआए काँग्रेसले कडा कदम चाल्ने पनि चेतावनी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप