प्रतिबन्धपछिको पहिलो खेलमा सिटी विजयी
केभिन डि ब्रुयनाले एक गोल गर्दै अर्को गोलको अवसर सृजना गरेपछि म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि २–० को सहज जीत हासिल गरेको छ । युरोपियन प्रतियोगितामा युईएफएले दुई वर्षको प्रतिबन्ध लगाएपछि सिटीको यो पहिलो खेल थियो ।
शुक्रबार सुनाइएको प्रतिबन्धको सजायबिरुद्ध सिटीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा पुनरावेदन गर्ने जनाइएको छ ।
यता, मैदानमा सिटीका समर्थकहरुले युरोपेली फुटबलको नियामक निकायविरुद्ध नाराबाजी गरेका थिए । जब रोड्रीले खेलको ३० औँ मिनेटमा गोलगरेपछि युईएफए विरोधी नारा झन् घन्किएको थियो । उनीहरुले युईएफए विरोधी ब्यानर पनि देखाएका थिए ।
खेलको ६२ औँ मिनेटमा डि ब्रुयनाले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । यसबीच ग्याब्रियल जिसुसले गोलको थुप्रै अवसर गुमाएका थिए ।
जीतपछि २५ खेलपछि सिटीको ५१ अंक रहेको छ र शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २२ अंकले पछि रहेको छ। अब सिटीले शनिबार तेस्रो स्थानमा रहेको लेस्टर सिटीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा