शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जर्मनीमा दुई स्थानमा गोलीबारी, कम्तीमा ८ को मृत्यु

बिहीबार, ०८ फागुन २०७६, ०६ : ४७
बिहीबार, ०८ फागुन २०७६

जर्मनीको हनाऊ शहरमा दुई स्थानमा गोलीबारी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा पाँचजना घाइते भएको बताइन्छ ।

घटनाको जानकारी जर्मनीको स्थानीय मिडिया रिपोर्टबाट प्राप्त गरिएको हो ।

रिपोर्टका अनुसार कुनै अज्ञात हमलाकर्ताले शहरको शिशा बारमा गोली चलाए । हनाऊ नजिकै केसेल्ताद इलाकाको अर्को शिशामा पनि गोलीबारीको जानकारी आएको छ ।

 पुलिसले बीबीसीलाई दिएको जानकारी अनुसार बन्दुकधारीले स्थानीय समयानुसार राती १० बजे गोली चलाए ।

पुलिस अधिकारी र हेलिकोप्टरको मद्दतले दुई इलाकाको सुरक्षा गरिँदै छ ।

 स्थानीय जर्मन सञ्चारमाध्यम हेसेनशाउका अनुसार पहिलो गोलीबारीको तीनजना मारिएको र दोस्रो गोलीबारीमा पाँचजनाको ज्यान गएको हो ।

जर्मन पत्रिका बिल्डका अनुसार अधिकारीले संदिग्ध हमलाकर्ताले गोलीबारी गरेर फरार रहेको जानकारी दियो ।

हमलाकर्ताको उद्देश्य के थियो, त्यो अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन ।

हनाऊ जर्मनीको हेसेन राज्यको एउटा शहर हो जुन फ्रेंकफर्टबाट पूर्वमा करिब २५ किलोमिटर टाढा पर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप