शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउँदा चढ्ने विमान, त्यसभित्रको सुविधाले ह्वाइट हाउसलाई बिर्साउँछ !

बिहीबार, ०८ फागुन २०७६, ०० : ०६
बिहीबार, ०८ फागुन २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी फेब्रुअरी २४ र २५ तारिकमा भारत भ्रमणमा आउँदैछन् । पत्न्री एवम् अमेरिकी प्रथम लेडी मेलानिया ट्रम्पसहित भारत भ्रमणमा आउन लागेका उनले विशेष विमानमार्फत नयाँदिल्ली अवतरण गर्ने जनाइएको छ । त्यसैले यो पटक हामीले राष्ट्रपति ट्रम्पले भारत भ्रमणमा आउँदा प्रयोग गर्ने सोही विमानका बारेमा जानकारी दिने कोसिस गरेका छौ ।  \

अमेरिकी राष्ट्रपति र राष्ट्रपति कार्यालयको गर्वको प्रतिकको रूपमा ‘एयरफोर्स वन एयरक्राफ्ट’लाई लिने गरिन्छ । जसले अमेरिकी राष्ट्रपतिहरुलाई विगत देखिनै बोक्दै आएको छ । उक्त एयरफोर्स वन अमेरिकी वायु सेनाको विमान हो, जुन राष्ट्रपतिको विदेश भ्रमणका बेला प्रयोग हुने गर्दछ । अमेरिकी राष्ट्रपतिले यात्रा गर्ने विमानको यातायात कोड ‘एयरफोर्स वन’ हो।

ह्वाइट हाउसले आफ्नो वेबसाइटको जानकारीमा यो पनि खुलासा गरेको छ कि अमेरिकी राष्ट्रपतिले यो विमान लिएर कुनै पनि समयमा कहिँ पनि जान सक्छन्।  बोइङ ७४७ –२०० बी सीरिजको एयरक्राफ्ट नाम दिइएको यस विमानले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि उडान भर्न सक्छ । त्यसैले यो एयरफोर्सलाई अमेरिकी राष्ट्रपतिको प्रतिक भनिएको हो । यसले बोइङको परम्परा अनुसरण गर्दै नयाँ एयरक्राफ्ट ७४७–८ लाई एयरफोर्स वन फ्लीटमा समावेश गरेको जनाएको छ, जुन विभिन्न सुविधाहरूमा सुसज्जित भएको बताइएको छ। 

हावामा उड्ने ह्वाइट हाउस ! 
४,००० वर्ग फिटको आन्तरिक अन्तरिक्ष सहितको यो विमानमा एक पटकमा १०० व्यक्तिले खाना खाने क्षमता रहेको छ।  यसमा राष्ट्रपतिसँगै हिँड्नेहरका लागि क्वार्टर पनि रहेको छ । यो पटक भारत भ्रमणमा आउँदा राष्ट्रपति ट्रम्पसँग वरिष्ठ सल्लाहकार, गोप्य सेवा अधिकारी, मिडिया र अन्य धेरै अतिथिहरू समेत हुनेछन्। उनीहरु सबैका लागि यसैभित्र सुविधाहरु उपलव्ध हुनेछ । यसबाहेक ‘एयरफोर्स वन’लाई आवश्यक निर्देशन दिनका लागि उक्त विमान वरिपरि धेरै कार्गो विमानहरू पनि तैनाथसहित उडानमा हुनेछन्। ह्वाइट हाउसले आफ्नो वेबसाइटमा एयर फोर्स वनको बारेमा सबै जानकारी दिएको छ । 

असीमित क्षमता 
एयरफोर्स वनसँग ९६५ किमी प्रतिघण्टाको वेगका साथ उडान गर्न सक्ने क्षमता छ। यसभित्र शल्य चिकित्साका सबै सुविधाहरु र अन्य चिकित्सा सुविधा रहेको जनाइएको छ। यस जहाजभित्र एक अपरेटिङ टेबल  र राष्ट्रपतिको रक्त समूहसँग मेल खाने रगत पनि फ्रिजमा राखिएको हुन्छ ।

फ्लाइङ व्हाइट हाउसको रूपमा परिचित यो एयरफोर्स अद्वितीय रूपमा बनाइएको छ । र यसको लम्बाई ७० मिटर रहेको छ। यो विमानमा मध्य उडानमा पनि ईन्धन भर्न सकिन्छ। यसबाहेक, यो विमान यस्तो विशेष उपकरणसँग सुसज्जित छ, यसमाथि क्षेप्यास्त्र हमला भयो भने पनि त्यो निष्प्रभावी हुनेछ। क्षेप्यास्त्र आक्रमणको पनि यसमा कुनै असर पर्दैन । यो विलासी विमान हावामा उडान गर्ने होटेलजस्तै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । यसमा आधुनिक सञ्चार प्रणाली, बैठक कार्यालयसहित सबै सुविधाहरू रहेका छन् ।

त्यसैले यो एयरफोर्स वनको क्षमता असीमित छ र यसले राष्ट्रपतिलाई आफूले चाहेको ठाउँमा लैजान सक्ने दाबी गरिएको छ। यसमा स्थापित इलेक्ट्रोनिक उपकरण विद्युतीय चुम्बक पल्सबाट यसलाई बचाउन सक्षम रहने दाबी गरिएको छ । यस विमानमा उन्नत सुरक्षा सञ्चार उपकरणहरू रहेका छन्, जसले विमानलाई मोबाइल कमाण्ड सेन्टरको रूपमा कार्य गर्न अनुमति दिन्छ। एयरलिफ्ट समूहले एयरफोर्स वनलाई सञ्चालन गर्दै आएको छ र यसको मर्मतको काम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप