त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी
बुधबार, ०७ फागुन २०७६, १८ : ४९
काठमाडौं । तोकिएको समयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगरेको आरोपसहित ७ बुँदे माग राख्दै समाजवादी विद्यार्थी युनियनको त्रिवि समितिले उपकुलपति कार्यालयमा तालाबन्दी गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयलाई अनलाइन प्रणालीमा लैजानुपर्ने, त्रिविको आवास गृहमा लापरबाही रोक्नुपर्ने, त्रिवि परिसरमा बनाइएको छाप्रा टहरा र पशुपालन हटाई शैक्षिक वातावरण बनाउनुपर्ने, त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाईका साथ लागू गर्नुपर्ने, अदालतमा मुद्दा चलिरहेको प्राध्यापकलाई जिम्मेवारी मुक्त गर्नुपर्ने, प्राध्यापकले एकैदिन हप्तौंसम्मको हाँजिर गर्ने बेतिथी रोक्नुपर्ने, प्राध्यापकहरु फुलटाइम त्रिविमा अध्यापनमा लाग्नुपर्ने लगायतको माग राख्दै युनियनको त्रिवि समितिले आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म