मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ्ग एक्सचेञ्ज अफरः पुरानो स्मार्टफोन एक्सजेञ्ज गरी नयाँ लिन सकिने

बुधबार, ०७ फागुन २०७६, १८ : ४३
बुधबार, ०७ फागुन २०७६

काठमाडौं– अधिकांश आइएमएस स्मार्ट शोरूमहरूमा सामसङ्ग एक्सचेञ्ज सुविधा ल्याएको छ । ग्राहकहरुले अब आफ्ना पुराना सामसङ्ग स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्् साथै यस सुविधा मार्फत सामसङ्ग स्मार्टफोन एक्सचेञ्ज गर्न सक्नेछन् ।

इच्छुक ग्राहकहरूले केवल आइएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेव पोर्टल मार्फत दिनेछ साथै एक्सचेञ्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसङ्ग स्मार्टफोनको सट्टामा नयाँ सामसङ्ग स्मार्टफोन छनौट गर्न सक्नेछन् ।

तत्काल निम्न आइएमएस स्माट शोरूमहरूमा एक्सचेञ्ज सुविधा उपलब्ध गराइएको छः

१. न्यूरोड, काठमाडौं
२. रोयल सिङ्गी होटेल आर्केड, कमलादी, काठमाडौं
३. पिपल्स प्लाजा, खिचापोखरी, काठमाडौं
४. अल्का अस्पताल नजिक, जावलाखेल, ललितपुर
५. शेर्पामल, दरवारमार्ग, काठमाडौं
६. पिपल बोट चोकको नजिक, बौद्ध, काठमाडौं
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप