संघीयता कार्यान्वयनमा मिडियाको भूमिका ठूलो छ : प्रदेश प्रमुख यादव
बुटवल । प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । यादवले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा जोड दिए ।
५९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश नम्बर ५ ले आज बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन् ।
राष्ट्रिय एकता र भाईचारा तथा भातृत्व अभिवृद्धिका लागी सन्चारले भूमिका खेल्नुपर्ने भन्दै उनले सूचना र सञ्चार प्रवाहमा समयानुकूल परिवर्तनको जरुरी रहेको समेत बताए । कार्यक्रममा राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले समाचारको सत्यता र तथ्यता आजको आवश्यक्ता भएको बताए । उनले संघीयता कायन्वयनमा राससको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै हरेक स्थानीय तहमा राससका प्रतिनिधि जरुरी रहेको बताए ।
मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मिडिया जनताको पक्षमा हुनुपर्ने बताए । मानवअधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवनकुमार भट्टले मानवीय जीवन शैली र मानवअधिकारको विषयमा मिडियाको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रासस प्रदेश कार्यलय बुटवलका प्रमुख भरत के.सी., सैनामैना नगरका उपप्रमुख बिना रानामगरले लगायतले स्थानीय सरकार र मिडियाबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ