शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आमा’ अभिनयमा अवसर पाउनु मेरो गुडलक : मिथिला शर्मा

बुधबार, ०७ फागुन २०७६, १७ : ४७
बुधबार, ०७ फागुन २०७६

 काठमाडौं । अभिनेत्री मिथिला शर्माले फिल्म ‘आमा’ प्रदर्शनपछि आफ्नो परिचय ‘आमा’को रुपमा हुने बताएकी छन् । ‘आमा’को अभिनय बिषयमा कुराकानी गर्दै उनले फिल्म आफ्नो अभिनय जीवनको दोस्रो ट्रनिङ प्वाइन्ट हुने बताइन् ।    
२०५० सालमा प्रदर्शनमा आएको फिल्म ‘दिदी’ आफ्नो अभिनय करियरको पहिलो टर्निङ पोइन्ट भएको बताएकी शर्माले उक्त फिल्मबाट आफू चलचित्र क्षेत्रमा दिदीका रुपमा समेत चिनिएको सुनाइन् । ‘आमा’ अभिनय पछि धेरैले आमा भन्न थालेका छन्’ उनले थपिन् ‘ म यसलाई दोस्रो टर्निङ पोइन्ट मान्दछु ।’

अभिनयमा पारंगत मानिने अभिनेत्री शर्मा थोरै फिल्म खेल्छिन् । तर जुन भूमिका निर्बाह गर्दिछिन् । त्यसमा आफुलाई पुरै रुपमा ढाल्न सफल हुन्छिन् ।

वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशन रहेको फिल्म ‘विश्वास’बाट फिल्म अभिनयमा भित्रिएकी मिथिलाको शिव रेग्मी निर्देशित फिल्म ‘सुख–दुःख’को भूमिकाको छाप दर्शककमा अझै पनि छ । त्यो भन्दा गहिरो छाप ‘आमा’ले बनाउने उनको भनाइ रहेको छ ।

‘आमा’ मिथिलको हातमा ‘सूर्यमाला खनाल’ले छोडेपछि मात्र परेको हो । खनालले व्यक्तिगत कामका कारण फिल्म गर्न नसक्ने भनेर हात झिकेपछि मिथिला भित्रिएकी थिइन् ।

यो फिल्म छाड्नु सूर्यमालाको ब्याडलक र आफ्नो गुडलक भएको शर्मा बताउँछिन् । भनिन् ‘‘आमा’ जस्तो फिल्म कमै कलाकारले अभिनय गर्ने अवसर पाउँछ ।’ 

दीपेन्द्र. के खनालको निर्देशन रहेको फिल्म ‘आमा’मा मिथिलाको अलवा अभिनेत्री सुरक्षा पन्तको पनि मुख्य भूमिका रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप