बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुण्डागर्दीमा संलग्न एक जना जडिबुटीबाट पक्राउ

बुधबार, ०७ फागुन २०७६, १५ : २६
बुधबार, ०७ फागुन २०७६

काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका पासलाल तामाङलाई पक्राउ गरेको छ ।  प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पासलाललाई मंगलबार काठमाडौको जडिबुटीबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई आवाश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमारसिंहले जानकारी दिए । 

उपरीक्षक सिंहका अनुसार तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा करिब १८ महिना जेल भुक्तान भएरर छुटेका हुन् । तामाङ सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा समेत संलग्न रहि फरार रहेको प्रहरीले जनाएको छ । यसअघि तामाङको समूहले बलेफी हाइड्रोपावरका ठेकेदारलागायतलाई हतियार देखाएर मार्ने तथा हातखुट्टा भाँच्ने धम्की दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप