शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फास्ट ट्र्याकमा मुद्दा फर्छ्यौटः जिल्ला अदालत धनुषाको न्याय सम्पादन सहज बन्दै

बुधबार, ०७ फागुन २०७६, १४ : ५८
बुधबार, ०७ फागुन २०७६

जनकपुर । जिल्ला अदालत धनुषाले फास्ट ट्र्याकमा मुद्दा फर्छ्यौट गर्न थालेपछि  न्याय सम्पादन सहज हुँदै गएकाे छ । 

जिल्ला अदालत धनुषाको प्रशासन फाँटका शाखा अधिकृत जयप्रसाद काफ्लेले फास्ट ट्र्याकमार्फत मुद्दा फर्छ्यौट हुन थालेपछि न्याय सम्पादन सहज बन्दै गएको बताए । 

अदालतमा गत वर्षको ३ हजार ६ सय ९६ वटा र चालु आर्थिक वर्षको २ हजार २ सय ४४ वटा मुद्दा गरी जम्मा ५ हजार ९ सय ४० मुद्दाको चाङ रहेको थियो । जसमध्ये २ हजार ५ सय ३३ वटा मुद्दा फर्छ्यौट भएको छ  ।

अहिले पनि ३ हजार ४ सय ७ वटा मुद्दा फर्छ्यौट हुँन बाँकी रहेको काफ्लेले बताए । 

उनले शुरु मुद्दा, पुनरावेदन र रिटको लगत फर्छ्यौट र पुस महिनासम्मको मासिक प्रतिवेदन अनुसार ४२ दशमलव ६४ प्रतिशत मुद्दाहरु फर्छ्यौट भइसकेको बताए । 

अदालतमा व्यक्तिवादी देवानी मुद्दा २ हजार ४ सय ७९ मध्ये १ हजार ७ सय १२ वटा, व्यक्तिवादी फौजदारी मुद्दा ५ सय ५७ मध्ये ३ सय २२ वटा, सरकारवादी फौजदारी मुद्दा ५ सय ९४ मध्ये ४ सय ९१ वटा मुद्दा फर्छ्यौट भएको छ । त्यस्तै पुनरावेदकीय क्षेत्राधिकार अन्तर्गतका व्यक्तिवादी देवानी मुद्दा १८ वटा मध्ये एउटा मुद्दा फर्छ्यौट भएको छ । त्यसैगरी सरकारवादी फौजदारी अन्तर्गत १६ वटा मुद्दा मध्ये एउटा मुद्दा फर्छ्यौट भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप