बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राससलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकता छ: सचिव सुवेदी (भिडियो)

बुधबार, ०७ फागुन २०७६, १४ : ४८
बुधबार, ०७ फागुन २०७६

काठमाडौं ।  सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले राष्ट्रिय समाचार समितिलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकता औल्याएका छन् । प्रतिस्पर्धामा जानका लागि संरचनागत सुधार, कानूनी सुधार र प्रकृयागत सुधार आवश्यक रहेको उनले बताएका छन् ।

सचिव सुदेवीले बजारमा आफ्नो विश्वास कायमै राख्न सेवालाई सुदृढिकरण गरी अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले राससभित्र देखिएका समस्याहरु समाधानका लागि आफुले प्रयास गर्ने बताएका छन् । संस्थागत विकासका लगि प्रविधिको किास र कर्मचारीको वृति विकास, कर्मचारीको मनोबल उच्च राख्न सक्नुपर्ने उनले बताए ।

राससका महाप्रवन्धक उपेन्द्र शर्माले स्रोध सधानको अभावमा कर्मचारीहरुलाई सेवा, सुविधा दिन नसकिएको बताए । आधारभूत तालिम दिन नसकिएको, आवश्यक सञ्चार उपकरण तथा मोटरसाइकलको व्यवस्थागर्न नसकिएको गुनासो उनले गरे । भूकम्पपछि रासस जिर्ण भवनबाट दैनिक कार्य सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

आगामी आर्थिक वर्षको बजेटबाट यी समस्या समाधानका हुने विश्वास लिएको उनले बताए । राससको ५९ औं वार्षिकोत्सवका अवशरमा बुधबार विशेष कार्यक्रमको आयोजना गरिएको हो । वार्षिकोत्सवमा विभिन्न विधामा राससका कर्मचारी तथा पत्रकारहरुलाई सम्मानित समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप