शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचन स्थगित गरेकोमा राप्रविसंघको आपत्ति

बुधबार, ०७ फागुन २०७६, १४ : १७
बुधबार, ०७ फागुन २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन स्थगन गरेर सरकारले प्रजातन्त्रको हत्या गर्न खोजेको आरोप लगाएको छ । आज एक विज्ञप्ति जारी गर्दै उक्त संगठनले सो आरोप लगाएको हो ।

‘राजा र प्रजा मिलेर २००७ साल फागुन ७ गते ल्याएको प्रजातन्त्रको हत्या गर्न खोजिएको छ । प्रधानमन्त्री अर्थात कूलपतिको निर्देशनमा त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन अनिश्चितकालका लागि स्थगन गर्नुको अभिप्राय यही नै हो,’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) का अध्यक्ष धनशुर शाहीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

‘स्ववियू कुनै संगठन विशेषको पेवा होइन । यो त लाखौं विद्यार्थीको साझा र वैधानिक संस्था हो । यो वा त्यो बहानामा त्रिभुवन विश्वविद्यालय जिम्मेवारीबाट भाग्न पाउदैन । स्ववियू निर्वाचन निर्धारित मिति अर्थात फागुन १४ गते नै सम्पन्न हुनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
 
उक्त अप्रजातान्त्रिक निर्णय फिर्ता लिई पूर्वघोषित निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन सम्पन्न गर्न गराउन समेत सो संगठनले त्रिविसमक्ष जोडदार माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप