शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको उद्योग तथा व्यवसाय प्रवर्धनमा नबिल बैंक

बुधबार, ०७ फागुन २०७६, १४ : ०१
बुधबार, ०७ फागुन २०७६

भक्तपुर– नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा भक्तपुर जील्लाको उद्योग तथा व्यवसाय प्रवर्धनका लागि विशेष अन्तरकृया भएको छ । 

वाणिज्य संघको कार्यालयमा भएको अन्तरकृया कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ बीच बैंक र संघका सदस्यहरुलाई, व्यवसाय प्रवर्धन तथा बैकिङ्ग सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत भएको छ । 

सो कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायी सदस्यहरुबाट राखेका बैंक सेवा सुविधा सम्बन्धि जिज्ञासा उपर बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले जवाफ समेत दिएका थिए ।

यस सम्झौतासँगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने शाहले जानकारी गराए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ ।

व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसँग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।’

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले बैंकसँग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रवर्धन गर्न बैंकको साथ पाउदा निकै खुशी लागेको बताए । उनले निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा बैकलाई धन्यबाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप