मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘धुलोको ट्रेलरमा बुद्धि र अग्रजको जुहारी

बुधबार, ०७ फागुन २०७६, १२ : ३७
बुधबार, ०७ फागुन २०७६

काठमाडौं । १६ फागुनबाट प्रदशर््नमा आउने फिल्म ‘धुलो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका विच सार्वजनिक ट्रेलर हेर्दा फिल्म ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको वास्तवीक जीवनशैली, सपना, संघर्षको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।

संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशन रहेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डेको अलवा बालकलाकार सुदीप कार्की लगायतको अभिनय रहेको छ । फिल्ममा नीर शाह, सुशिल पोखरेल तथा लक्ष्मी बर्देवा बिषेश भुमिकामा छन् ।

‘धुलो’ फिल्म वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको निर्देशक मिश्रले बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ निर्देशनमा लगाएको बताए ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मका निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’मा रबिन आचार्यको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ । फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप