शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले हामीसँग राम्रो व्यवहार गरेनः ट्रम्प

बुधबार, ०७ फागुन २०७६, १२ : २५
बुधबार, ०७ फागुन २०७६

अर्को हप्ता भारत यात्रामा जान लागेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतसँग ठूलो व्यापार सम्झौता भविष्यमा कुनै पनि बेला गर्ने बताएका छन् । उक्त सम्झौता यस वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनाव अघि हुने–नहुने भन्ने कुरामा आफू अनभिज्ञ रहेको उनले बताएका छन् ।

वासिङ्टनमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने, ‘हामीले भारतसँग व्यापार सम्झौता गर्ने सम्भावना छ । तर मैले यो ठूलो सम्झौतालाई भविष्यका लागि सुरक्षित राखेको छु । हामी भारतसँग एउटा ठूलो सम्झौता त गर्ने छौं तर यो नोभेम्बरको चुनाव अघि हुने नहुने कुरामा भने निश्चित छैनौं ।’

समाचार एजेनसी पीटीआईले आफ्नो एक रिपोर्टमा ट्रम्पको यात्राको क्रममा भारत र अमेरिकाको एक ट्रेड प्याकेजमा हस्ताक्षर हुनसक्ने सम्भावना व्यक्त गरेको छ ।

ट्रम्पले पत्रकारसँगको कुराकानीमा आफू भारत भ्रमणका लागि उत्साहित भएको बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ, उनले मलाई एयरपोर्ट र कार्यक्रमबीच सत्तरी लाख जनता हुने बताएका छन् । अहिले बनिरहेको उक्त स्टेडिम संसारकै ठूलो स्टेडियम भएको मलाई थाहा छ । उनले मलाई एयरपोर्ट र स्टेडियमबीच सत्तरी लाख मानिस हुने बताएका छन्, त्यो निकै रोमाञ्चक हुनेछ ।’

अमेरिका र भारतको व्यापार सम्बन्ध आजकाल त्यति राम्रो छैन । राष्ट्रपति ट्रम्पले मोदीको तारिफ त गरे तर भारतसँग व्यापार सम्बन्धको विषयमा आफ्नो असन्तुष्टि पनि व्यक्त गरे ।

उनले भने, ‘भारतले हामीसँग राम्रो व्यवहार गरेन । मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प २४ र २५ फेब्रुअरीमा दुई दिवसीय भारत भ्रमणमा हुनेछन् । उक्त भ्रमणका बेला दुई देशबीच व्यापार सम्झौता हुने कयास लगाइए पनि ट्रम्पले भने सम्भावित सम्झौताका लागि केही समय लाग्न सक्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप