बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पश्चिमी वायुको प्रभाव : हल्का वर्षाको सम्भावना

बुधबार, ०७ फागुन २०७६, १० : १७
बुधबार, ०७ फागुन २०७६

पश्चिमी न्यून चापीय वायुको प्रभावले  देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।

 मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले  पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

 पछिल्ला केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियतापछि हटेर जाने उनले बताए । “शनिबारबाट उक्त तुवाँलो विस्तारै हट्दै जाने छ”, मौसमविद् नगरकोटीले भने ।

 बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव नौ डिग्री र अधिकमत  तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप