शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हातहतियार मुद्दामा तीन जनालाई कैद साजय

बुधबार, ०७ फागुन २०७६, ०९ : २५
बुधबार, ०७ फागुन २०७६

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पेस्तोलसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सोही ठाउँ बस्ने नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई जनही छ महिना कैद र रु पाँच हजार, विपीन पुनलाई तीन महिना कैद र रु चार हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले मङ्गलबार जानकारी दिए । सोही मुद्दामा पक्राउ परेका माहिला भन्ने अनुप घतानेले  अदालतबाट सफाइ पाएका छन् ।

नर्सरीस्थित कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई गत वैशाख २५ गते पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सय ग्राम गाँजासमेत बरामद गरेको थियो । निजहरुविरुद्ध बिनाइजाजत हातहतियारको कारोवार गरेको अभियोगमा गत जेठ १६ गते अदालतमा मुद्दा दायर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप