बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजपुरमा हेलिप्याड निर्माण : विपद् व्यवस्थापनमा सजिलो

बुधबार, ०७ फागुन २०७६, ०९ : ११
बुधबार, ०७ फागुन २०७६

नेपाली सेनाको प्राविधिक सहयोगमा दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड  राजपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

 विपद व्यवस्थापनलाई सहज बनाउन सेनाको रिपुमर्दन गण भरतपुर दाङको सहयोगमा निर्मित सो हेलिप्याड राजपुर गाउँपालिकालाई मंगलबार हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको रु तीन लाख लागतमा राजपुर–५ को सालभौरीमा रहेको सो  हेलिप्याडको  दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्घाटन गरे ।  हेलिप्याड निर्माणपछि स्थानीयवासी खुशी बनेका छन् ।

विगतमा  बाढी आउँदा स्थानीयवासीलाई उद्धार गर्न नसक्दा समस्या भएको थियो ।  रातिमा पनि हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्न सक्ने गरी बत्तीको व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष लोकराज केसीले जानकारी दिए । ३० जना अट्ने नेपाली सेनाको ठूलो एमआइ सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सक्ने हेलिप्याडको क्षमता रहेको छ ।

कार्यक्रममा १९ नं बाहिनीका  सहायकरथी सुशीलकुमार भण्डारीले विपद् व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिँदै नवनिर्मित हेलिप्याडले दुर्गम राजपुर गाउँपालिकालाई विपद् व्यवस्थापनमा सहयोग गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप