कर्मचारी खोज्दै सिंहदरबार
संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन् ।
सिंहदरबारबाट काम गर्न स्थानीय तहमा आएका कर्मचारीहरुको अनियमित सरुवाले स्थानीय तहको काम भने प्रभावित भएको छ ।
पर्साका स्थानीय तहहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायी कर्मचारी पठाउन नसक्दा स्थानीय सरकारले काम गर्न नसकेको गुनासो गरेका छन् । तीन तहको सरकार गठनपछि देखिएको व्यावस्थापकीय संक्रमणको दुई वर्षमा पनि स्थानीय तहमा अझै कर्मचारी व्यावस्थापन हुन नसक्दा स्थानीय सरकारले काम गर्न सकेको छैन । १४ वटा स्थानीय तह रहेको पर्साको केही स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीयले नै काम चलाइरहेका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, बुहदरामाई नगरपालिका, ठोरी गाउँपालिकालगायतका स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले दैनिक कार्य सम्पादन गरिरहेका छन् । स्थानीय तहका प्रमुख कार्यकारी अधिकृतहरुको पटक पटकको सरुवाले गर्दा जनताको काममा भने प्रभाव परेको छ ।
यो खबर आजको कारोबार दैनिकमा नीरज पिठाकोटेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मी गुरुङलाई इलाम–२ मा उम्मेदवार बनाउने राप्रपाको निर्णय
-
रास्वपाले उम्मेदवार आज टुङ्ग्याउने, ६ जना आकांक्षीसँग वनस्थलीमा छलफल
-
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
-
अरू पार्टीको मत आ–आफ्ना पोल्टामा जाँदा एमाले कि कांग्रेसलाई फाइदा ?
-
उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न अनेरास्ववियुको माग
-
कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने