बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारत हुँदै खाडी क्षेत्रका देश जान नयाँ नियम

बुधबार, ०७ फागुन २०७६, ०६ : ५१
बुधबार, ०७ फागुन २०७६

नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई)लगायत मध्यपूर्वका नौ देशमा उड्न नपाउने भएका छन् । भारतको दिल्लीस्थित नेपाली राजदूतावासले हालै विज्ञप्ति जारी गर्दै स्थलमार्ग प्रयोग गरेर भारत भएर त्यहाँबाट मध्यपूर्वका नौ देशमा उड्न रोक लगाउने निर्णय गरेको हो ।

दूतावासले विज्ञप्तिमार्फत खुला सिमानाको प्रयोग गरी मानव तस्करीसमेत हुने गरेकाले स्थलमार्ग प्रयोग गरेर भारतबाट मध्यपूर्वका ती देशमा उड्न नपाइने जनाएको छ । खुला सिमानाको दुरुपयोग गर्दै मानव तस्करी हुने भन्दै दूतावासले अध्यागमन विभागलाई पनि स्थलमार्गबाट भारत जाने नेपाली नागरिकलाई त्यहाँबाट जहाज चढ्दा प्रस्थान छाप नलगाउने व्यवस्था गर्न अनुरोध गरेको छ ।

वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टिकर लिएका नेपालीको दूतावासबाट नो अब्जेक्सन लेटर भएमा भने भारतबाट उड्न पाइने छ । साथै मध्यपूर्वका नौ देशबाहेक अरू देशमा जानका लागि राहदानीमा भारत प्रवेश गरेको छाप भारतीय अध्यागमनले लगाएको हुनुपर्छ ।

नेपालले प्रस्थान छाप नलगाएको राहदानीमा भारतले पनि आगमन छाप नलगाउने हुँदा उनीहरूलाई भारतीय विमानस्थल प्रयोग गरी उड्न अनुमति दिइने छैन । साथै स्थलमार्गबाट भारत प्रवेश गरी तेस्रो देश जान खोज्दा हुनसक्ने समस्याबाट बच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न दूतावासले विज्ञप्तिमार्फत सबै नेपालीलाई आग्रह पनि गरेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप