शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तराईमा रहेको पर्यटकीय स्थलहरुको संरक्षण एवं सम्बर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

मङ्गलबार, ०६ फागुन २०७६, २३ : ३७
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेशमा धार्मिक धरोहरको रुपमा रहेको पर्यकीय स्थलहरुको संरक्षण एवं सम्वर्द्धन भए यहाँ पनि पर्यटन प्रवर्द्धनको उच्च सम्भावना रहेको बताएकी छिन् । 

तराई मधेशको ऐतिहासिक एवं धार्मिक धरोहरको रुपमा रहेको जानकी मन्दिर जस्ता कयौ पर्यटकीय स्थलहरु रहेता पनि संरक्षणको अभावमा चाहिएको जति पर्यटन भित्रिन नसकिरहेको हुँदा प्रदेश २ मा रहेको सम्पूर्ण पर्यटकीय स्थलहरुको संरक्षण एवं सम्बद्र्धन हुनुुपर्नेमा उनले जोड दिइन् । 

रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौरा स्थित एतिहासिक एवं पुरारात्त्विक महादेव मन्दिरको प्रांगणमा मंगलवार आयोजित मधानी महायज्ञ कार्यक्रमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । 
मौलापुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको मधानी महायज्ञले वास्तवमा यहाँ पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुरयाउने उनले विश्वास व्यक्त गरेकी हुन् । 
 
कार्यक्रममा बोल्दै प्रदेश नं २ को मुख्यमन्त्री लालबाबुु राउतले प्रदेश नं २ देशमै सबभन्दा पछि परेकोले यस प्रदेशलाई आर्थिक रुपमा सबल, समृद्ध एवं विकसित प्रदेश बनाउन संघीय र प्रदेश सरकारको ध्यान जानुआवश्यक रहेको बताए । 
समाजलाई रुपान्तरण गर्न र महिलालाई अधिकार सम्पन्न बनाउन आफूले प्रदेशमा छोरी शिक्षा विमा कार्यक्रम लागू गरेको उनले बताए । 
महिलालाई अगाडि नबढाएसम्म समृद्धि र विकास असम्भव रहेकोले प्रदेश २ को सरकार बेटी बढाउ बेटी बचाउ कार्यक्रम मार्फत प्रत्येक छोरीलाई तिन लाखको शिक्षा विमा गर्न थालेको मुख्यमन्त्री राउत प्रष्ट पारे ।  
मुख्यमन्त्री राउतले रौतहटका प्रत्येक पालिकाका प्रमुुख उपप्रमुखहरुलाई छोरी शिक्षा विमाको रकममा पालिकाको तर्फबाट तीन लाख थप गर्न आग्रह गरे । 
पालिकाहरुले विमाको रकम तिन लाख थपे प्रदेश सरकारको तिन लाख र पालिकाको तिन लाख गरी छोरीको विमा रकम ६ लाख भएपछि उनीहरुको विहेको लागि परिवारलाई सहज हुने मुख्यमन्त्री राउतको भनाई रहेको छ ।

मौलापुर नगरपालिकाकी नगर प्रमुुख रिना देवी साहको अध्यक्षतामा भएको मधानी महायज्ञ कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुुख तिलक पंजियार र मुुख्यमन्त्री राउतको विशिष्ट आतिथ्याता रहेको थियो भने अतिथिहरुमा पूर्व मन्त्री, संघिय एवं प्रदेश सांसदहरुका साथै जिल्लाका नगरप्रमुख, उपप्रमुखहरु, विभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाली चलचित्रका अभिनेता निखिल उप्रेती, नायीका केकी अधिकारी, भारतिय भोजपुुरी जगतका चर्चित अभिनेता दिनेशलाल यादव निरहुवा, नायीका अम्रपालि दुुबे, गायीका ईन्दुु सोनाली, सुुनिल पंडित सहित नेपाल भारतका दर्जनौ कलाकारहरुको पनि उपस्थिति रहेको थियो । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप