माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट : सेमिफाइनल समीकरण पूरा
काठमाडौं । छैठौं माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार भएको खेलबाट एनसेल ‘ए’, कामना सेवा विकास बैंक, सिभिल बैंक र एम्बेसी अफ इन्डिया सेमीफाइनल पुगेका छन् । पहिलो सेमीफाइनलमा एनसेल ‘ए’ र एमबेसी अफ इन्डिया तथा दोस्रो सेमीफाइनलमा कामना सेवा विकास बैंक र सिभिल बैंकबीत प्रतिस्पर्धा हुनेछ ।
पहिलो क्वार्टरफाइनलमा एनसेल ‘ए’ ले डिफेन्डिङ च्यापियन सेन्चुरी बैंकलाई ९ रनले हरायो । एनसेल ‘ए’ ले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सेन्चुरीले ६५ रन मात्र बनाउन सक्यो । खेलमा प्लेयर अफ दी म्याच चुनिएका एनसेल ‘ए’ का समाज पौडेलले ३६ रन बनाए ।
दोस्रो क्वार्टरफाइनलमा कामना सेवा विकास बैंकले एनआईसी एसिया बैंकलाई ३७ रनले पराजित गर्यो । कामना सा विकास बैकले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा एनआईसी एसिया बैंकले ५० रन मात्र बनाउन सक्यो । खेलमा प्लेयर अफ दी म्याच चुनिएका हेमन्त श्रीवास्तवले ३२ रन बनाउनुको साथै एक विकेट लिए ।
तेस्रो क्वार्टरफाइनलमा सिभिल बैंकले मेगा बैंकलाई चार विकेटले हरायो । मेगा बैंकले दिएको ५३ रनको लक्ष्य सिभिल बैंकले दुई विकेट गुमाएर ४.१ ओभरमा पुरा गर्यो । सिभिलको लागि प्लेयर अफ दी म्याच चुनिएका अभय रानाले ३२ रन बनाउनुको साथै एक विकेट समेत लिएका थिए ।
चौथो क्वार्टरफाइनलमा इन्डियन एम्बेसीले प्राइम कमर्सियल बैंकलाई तीन विकेटले हरायो । प्राइमले दिएको ४२ रनको लक्ष्य इन्डियन एम्बेसीले ४.५ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको थियो । खेलको प्लेयर अफ दी म्याच इन्डियन एम्बेसीका राजेश चौधरी चुनिए । प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल बुधबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा