शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड

मङ्गलबार, ०६ फागुन २०७६, १९ : १६
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं– महिन्द्रा एक्सयूभी ३००ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ ।

महिन्द्रा एक्सयूभी ३०० ले यहि जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो । 

अब महिन्द्रा एक्सयूभी ३०० ले ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियान ह्यास सफर कार फर इन्डियाअन्तर्गत परीक्षण गरिएका कुनै पनि कारहरू मध्ये सवारी साधनमा रहनेहरू सबैका लागि एकीकृत रुपमा पाएको सर्वाधिक सुरक्षा रेटिङ हो । 

ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पष्पर्धा सुरु गरेको थियो । यो प्रतिष्ठित पुरस्कारका लागि योग्य हुनका लागि कार मोडलले निम्न आवश्यकताहरू सबै पूरा गरेको हुनुपर्छ ।

–ग्लोबल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसार मोडलले सवारी साधनमा रहने वयस्कका सुरक्षामा फाइभ स्टार स्कोर प्राप्त गरेको हुनुपर्छ । 

–ग्लोबल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसार मोडलले सवारी साधनमा रहने बालबालिकाका सुरक्षामा कम्तिमा फोर स्टार स्कोर प्राप्त गरेको हुनुपर्छ । 

–मोडलमा विद्युतीय स्थिरता नियन्त्रण (इएससी) हुनुपर्छ र संयुक्त राष्ट्र संघको नियम यूएन १३ एच, यूएन १४० वा जीटीआर ९ अनुसारका प्रदर्शन आवश्यकताहरू पूरा गरेकै हुनुपर्छ । वैकल्पिक भएको खण्डमा, इएससी सबै मोडल भेरिएन्टहरूमा उपलब्ध हुनुपर्छ, यसलाई अन्य सुविधाहरूका साथ कुनै ‘बण्डलिङ’ नगरी छुट्टै बेच्नु पर्छ र दुई वर्षदेखि मुलुकभित्र बिक्री अनुपातको कम्तिमा २० प्रतिशत मानक पूरा गरेको हुनुपर्छ ।

–मोडलले संयुक्त राष्ट्र संघीय नियम यूएन १२१ वा जीटीआर ९ अनुसारको पैदल यात्रु सुरक्षा आवश्यकताहरू पूरा गरेको हुनुपर्छ, जसलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालामा बजार इकाईमा मान्यता प्रदान गरिएको हुनुपर्छ ।

–यी सबै आवश्कताहरूलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालाद्वारा तथा यदि आवश्यकताअनुरुप टाइप अप्रुभल सर्टिफिकेटको प्राबधानसहित मान्यता प्रदान गरिएको हुनुपर्छ ।

ग्लोबल एनसीएपीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले भने, ‘यो महिन्द्रा र भारतीय अटो उद्योगका लागि ऐतिहासिक क्षण हो, जुन मुलुककै लागि सवारी साधन सुरक्षा प्रदर्शनका लागि महत्वपूर्ण विन्दु बनेको छ  । सन् २०१८ मा हामीले  ‘सेफर च्वाइस’ अवार्ड च्यालेन्ज स्थापना गरेपछि एक भारतीय सवारी साधन निर्माताले यस ढंगबाट सुरक्षाका नेतृत्व लिइरहेको देख्दा उच्चतम सन्तुष्टि मिलेको छ ।’

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा उत्कृष्ट आन्तरिक सजावट÷बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित भएको छ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।

एक्ययूभी ३००को मूल्य पेट्रोल डब्लूफोर मोडलका लागि रु. ३९,७५,००० र डिलेज डब्लूफोर मोडलका लागि रु. ४१,२५,००० तोकिएको छ भने यो नेपालभरका सबै अग्नि इन्कर्पोरेटेडका डिलरहरूमा उपलब्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप