मलेसियाको ‘हेरिटेज पेजेन्टस’मा परिन्दा र परिसाले नेपालको प्रतिनिधित्व गर्ने
काठमाडौं । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस २०२०’ मा परिन्दा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । उक्त प्रतियोगितामा श्रेष्ठले मिसेस र रानाभाटले मिसतर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
हेरिटेज पेजेन्टसका लागि आधिकार प्राप्त संस्था ग्रिनआर्ट मिडियाले मंगलबार पुल्चोकस्थित भिभान्त होटलमा एक कार्यक्रमको आयोजनासहित दुबै प्रतियोगी सार्वजनिक गर्दै ‘हेरिटेज पेजेन्टस नेपाल २०२०’ को क्राउन समेत पहिर्याएको छ । कार्यक्रममा ‘हेरिटेज पेजेन्टस’ आयोजक संस्था इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटा, पूर्व प्रतियोगी मिसेस दुर्गा बिसुराल, मिस अदीति श्रेष्ठ, मिसेस मन्जु ढकाल लगायतको उपस्थिति रहेको थियो ।
केही दिन अगाडि राजधानीमा आयोजित ‘हेरिटेज पेजेन्टस नेपाल’ को प्रारम्भिक अडिसनबाट दुबै प्रतियोगी छानिन सफल भएको कार्यक्रममा जानकारी दियो । अडिसनमा बिवाहित तथा अबिवाहित गरेर २०० बढी महिलाको सहभागिता रहेको थियो ।
‘हेरिटेज् पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हँुदैछ । नेपाल लगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरुको प्रतियोगितामा सहभागिता रहनेछ । प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले इप्लानेट प्रालिले आयोजना गर्दै आएको हो ।
नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्रफी रहने प्रतियोगिता आयोजनाको उदेश्य विश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटाले बताए । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ प्रतियोगिता २०१४ बाट सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ