शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन १४ को स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित

मङ्गलबार, ०६ फागुन २०७६, १७ : ५८
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । आगामी फागुन १४ गते हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले विशेष कारण देखाउँदै अनिश्चितकालका लागि निर्वाचन स्थगित भएको जनाएको हो ।

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने पुस २० गते निर्णय गरेको थियो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १४ गतेसम्म मात्र थप गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप