बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी पारित गर्ने सरकारी तयारीप्रति मोहनबिक्रमको विरोध

मङ्गलबार, ०६ फागुन २०७६, १७ : ५६
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । नेपाल कम्युस्टि पार्टी (मसाल) ले एमसीसीबारे विवाद भइरहेका बेला संसदबाट पारित गराउने सरकारी तयारीको विरोध गरेको छ । 

मंगलबार सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै सरकारी तयारीको विरोध गरेका हुन् ।

 सिंहले एमसीसीबारे अहिले देशमा गम्भीर विवाद उठिरहेको भन्दै त्यो इण्डो प्यासिफिक रणनीतिको अंग भएको र उद्देश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै रहेको दावी गरेका छन् ।‘एमसीसीका विकास सम्बन्धी कार्यक्रमहरु खाली वाह्य र प्रकट रुपहरुमात्र हुन् । 

स्वयं अमेरिकाका उच्च अधिकारी र काठमाडौंस्थित अमेरिकी दुतावासले समेत त्यो इण्डो प्यासिफिक रणनीतिको अंग भएको कुरा सार्वजनिक गरिसकेका छन् । त्यो अवस्थामा त्यसलाई इण्डो प्यासिफिक रणनीतिको अंग नभएको भनेर चोख्याएर संसदद्वारा पारित गराउने सरकारको प्रयत्नलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक मान्दै त्यसको कडा शब्दमा विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप