सत्तारुढ नेकपा निकट अनेरास्ववियूभित्रको विवाद छताछुल्ल
काठमाडौं । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूमा विवाद उत्पन्न भएको छ । मंगलबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा उपत्यकास्तरिय कार्याकर्ता भेला डाकिएपछि संगठनको विवाद बाहिर आएको हो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आवश्यक तयारी नपुगेकाले मंगलबारको भेला स्थगित गरिएको जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भेला स्थगित गरिएको जानकारी दिएका हुन् । उनी पूर्वमाओवादीका तर्फबाट सहसंयोजक समेत हुन् । त्यस्तै पूर्व माओवादी निकट अर्का विद्यार्थी नेता सुरेन्द्र बस्नेतले पनि भेला रोकिएको जानकारी दिए । उनले संगठनले उपत्यकामा कुनै भेला आयोजना नगरेकाले नेतृत्व त्यस्तो भेला स्थगित गर्न पार्टी कार्यालय पुगेको बताए ।
अनेरास्ववियुकै अर्का नेता वसिम आलमले संगठनको कुनै कमिटीबाट निर्णय नगरि भेला आयोजना हुन नसक्ने बताए । उनले पनि आफुखुसी भेला आयोजना गर्दै हिड्ने अधिकार कसैलाई नभएको बताए । आलमले फेसबुकमा लेखेका छन्, ‘संगठनभित्र न कुनै छ्लफल, न कुनै निर्णय आफूखुसी भेला बैठक बोलाउने अधिकार कसैलाई छैन ।
आफुखुसी आफ्नो इच्छाले गरिएको भेला बैठक संगठनको हुँदै होइन। एउटा सामान्य क्लब त विधानले चल्छ भने यत्रो ठुलो संगठनको त झन् छुट्टै नीति नियम हुन्छ। आज अनेरास्ववियूको नाममा केन्द्रिय कमिटी द्वारा आयोजित उपत्यका स्तरीय भेलाको कुनै पनि कमिटीमा निर्णय भएको छैन । छ भने आधिकारिकता खै ?’ तत्कालिन एमाले निकट अनेरास्ववियुका सचिव रहेका सुदेश पराजुलीले पनि निर्णय र सर सल्लाहबिनै भेला आयोजना गर्दै हिड्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु