बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

मङ्गलबार, ०६ फागुन २०७६, १७ : ३६
मङ्गलबार, ०६ फागुन २०७६

रुपन्देही । रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भैरहवा–लुम्बिनी हुलाकी सडकखण्डअन्तर्गत मायादेवी गाउँपालिका–४ वनकसियामा टिपरले रुपन्देहीको मायादेवी गाउँपालिका–२ भिलरहवाका ६० वर्षीय रमेश लोधको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

भैरहवाबाट लु २ प १८७९ नंको मोटरसाइकलमा लुम्बिनीतर्फ जाँदै गरेका लोधलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ३३१४ नंको टिपरले ठक्कर दिँदा घटनास्थल मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप