बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खरिपाटी क्वारेन्टाइनका सबै नेपाली पूर्ण स्वस्थ (भिडियो)

मङ्गलबार, ०६ फागुन २०७६, १५ : ४७
मङ्गलबार, ०६ फागुन २०७६

भक्तपुर । आइतबार बिहान सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको मंगलबार तीन दिन बितेको छ । 

चाँगुनारायण नगरपालिका–७ खरिपाटीको अवस्था बुझन् हामी पुग्दा चिकित्सक टोलीका प्रमुख नेपाली सेनाका मेजर डाक्टर नवीन फुयाँलसँग भेट भयो । 

डा.फुयाँलले क्वारेन्टाइनमा रहेका सबै १ सय ७५ जना नेपाली हालसम्म पूर्णरुपले स्वस्थ रहेको जानकारी दिए ।  उनीहरुको २४ घण्टामा दुई पटक बिहान र बेलुका शरीरको तापक्रम नाप्नुका साथै आवश्यक निगरानी गर्ने गरिएको छ ।  

ज्वरो आएमा आफै वा साथीले पनि खबर गर्ने व्यवस्था गरिएको छ । ‘हामी आफैपनि तीन चार पटक सोध्ने गछौं, आजसम्म कसैलाई त्यस्तो देखिएको छैन’ डाक्टर फुयाँलले रातोपाटीसँग भने ।

क्वारेन्टाइनभित्र बस्नेलाई बसेको कोठा आफै सफा गर्न लगाइएको छ भने सरसफाइको उचित प्रबन्ध समेत गरिएको छ । पानी तथा खानाको जाँच एवम् निगरानी पनि भइरहको छ । 

एक कोठामा कम्तीमा एक अर्को बेडको एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । जहाँ ३ जनासम्म बस्ने छन् । 

एक अर्काको शीरर पाउ एकै स्थानतर्फ नबनाई फरक–फरक गरेर सुत्ने व्यवस्था गरिएको छ । 

तालिम केन्द्रको दक्षिणतर्फ रहेको क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ ।

शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ ।

क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन र सबै ब्लकमा स्पिकर जडान गरिएको छ । 

दैनिक सरसफाइमा आवश्यक पर्ने वासिङ मेशिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रसको व्यवस्थान कोठाभित्र नै गरिएको छ ।

सुरक्षालगायतका अन्य व्यवस्थापनकालागि सेनाका कर्णेल शिव पौडेलको टोली क्वारेन्टाइन नजिकै  तैथान रहको छ । सुरक्षाका लागि शस्शत्र प्रहरी, नेपाल प्रहरी समेत खटिएको छ । 

यस्तै नेपाली लिन चीन जाने  विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपरसहित १७ जनालाई चाँगुनारायण नगरपालिका–६ स्थित पिपलबोट खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा करिब १४ दिन राखिने छ । 

सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ । 

स्वास्थ्य मन्त्री नेतृत्वको टोली क्वारेन्टाइनमा
यसबीच मंगलबार दिउँसो स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितको टोलीले खरिपाटीस्थित  क्वारेन्टाइन बारेमा जानकारी दिएको छ । उक्त अवसरमा संचारकर्मीहरुसँग बोल्दै मन्त्री ढकालले हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको बताए । 

सरकारले चीनबाट ल्याइएका नेपाली निरोगी रहेको भन्दै आएको र अहिले मानिसहरुले सो कुरा बुझ्न थालेको मन्त्री ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप