शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटाद्वारा महराको थुनामुक्तबारे सदनलाई जानकारी

मङ्गलबार, ०६ फागुन २०७६, १५ : २५
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ । 

तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनी निलम्बित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप