क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग
काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् ।
आजको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले चीनबाट हालै फिर्ता ल्याएर क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । चीनबाट नेपाली विद्यार्थीलाई समयमै उद्धार गरेकामा सरकारलाई धन्यवाद दिँदै उनले फिर्ता ल्याउन नसकिएका अन्य चार विद्यार्थीको अवस्थाबारे पनि जानकारी दिन सरकारसँग आग्रह गरे ।
सरकारले केही दिनअघि चीनबाट उद्धार गरेर ल्याइएका १७५ जना विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेर सूक्ष्म अनुगमन गरिरहेको छ । नेकपाका अर्का सांसद नैनकला ओझाले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा र नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
नेपाली काँग्रेसका सांसद प्रकाश पन्तले विभिन्न विश्वविद्यालय र संवैैधानिक आयोगमा पदाधिकारीले पूर्णता नपाउँदा कामकाज नै प्रभावित भएको भन्दै रिक्त पदपूर्ति कहिलेसम्म हुन्छ भनी प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !