शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजमा किन सम्बन्धविच्छेदका घटना बढिरहेका छन् ? यसो भन्छन् दक्षिणपन्थी हिन्दूवादी संगठनका प्रमुख

मङ्गलबार, ०६ फागुन २०७६, १४ : ५१
मङ्गलबार, ०६ फागुन २०७६

एजेन्सी । भारतको शक्तिशाली हिन्दूवादी संगठन राष्ट्रिय स्वयमसेवक संघ(आरएसएस)का प्रमुख मोहन भागवतले शिक्षा र सम्पन्नताका कारण परिवारहरु विभाजन भइरहेको टिप्पणी गरेका छन् । 
शिक्षा र सम्पन्नताले अहंकार बढाउने र त्यसले सम्बन्धविच्छेद हुने भागवतले बताए । परिवारजनसँग उपस्थित आरएसएस कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा भागवतले ‘भारतमा हिन्दू समाजको कुनै विकल्प नरहेको र हिन्दू समाजले सम्पूर्ण समाजलाई एक परिवारको रुपमा व्यवहार गर्नुपर्ने’ बताए ।

भागवतको भनाईलाई समेटेर आरएसएसले जारी गरेको व्यक्तव्यमा भनिएको छ ,‘वर्तमान समयमा सम्बन्धविच्छेदको घटना अत्यधिक बढेको छ । मानिसहरु स–साना विषयमा झगडा गरिरहेका छन् । सम्बन्धविच्छेदका घटना शिक्षित र सम्पन्न परिवारमा धेरै भइरहेको छ । किनकि शिक्षा र सम्पन्नताबाट अंहकार उत्पन्न हुन्छ । यसको परिणाम परिवार टुट्छ । यसबाट समाज पनि खण्डित हुन्छ र किनकि समाज पनि एक परिवार हो ।’

संघ प्रमुखले भने,‘स्वयमसेवक आफ्नो परिवारका सदस्यलाई संघको गतिविधिबारेमा बताउने आशा गछौं । किनकि कैयौं पटक परिवारमा महिला सदस्यले हामीलाई आफ्नो काम निरन्तरता दिओस् भन्न खातिर हामीभन्दा कठिन कार्य गरिरहेका हुन्छन् ।’

भागवतले अगाडि थप भने, ‘परिवार र महिलाबीना समाज हुनसक्दैन । समाजको आधा हिस्सा ओगटेका महिला शिक्षित हुनुपर्छ । हामीले समाजको चिन्ता गरेनौं भने न समाज न हामी नै बच्नेछौं ।’ मोहन भागवतको सम्बन्ध विच्छेदसम्बन्धी बयानको अभिनेतृ सोनाम कपूर अहुजाले ट्वीट गर्दै आलोचना गरेकी छन् ।  ‘एउटा समझादार व्यक्तिले कसरी यस्तो बोल्न सक्छ ? मूर्खतापूर्ण बयान । ’ सोनमले ट्वीटमा लेखेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप