टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु
मङ्गलबार, ०६ फागुन २०७६, १४ : २५
सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ ।
सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो । दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान