शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा श्रीस्वस्थानी बाचनशैलीमा गगनको छेडखान: चोरीको सामान किन्दा विष्णु विष्णु भन्नु ! (भिडियो सहित)

मङ्गलबार, ०६ फागुन २०७६, १३ : ५४
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । काँग्रेस सांसद गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेताहरुलाई जोगाएको भन्दै श्रीस्वस्थानी बाचन शैलीमा व्याङग्य कसेका छन् । 

मंगलबारको बैठकमा बोल्दै थापाले भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमुनि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु ! थाहा पाईहाले होइनहोइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्नेभए हत्तपत्त चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु !’, थापा यतिमै रोकिएनन् ।

अघि बढ्दै भने, ‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियारपुराणे, कुमारविष्णु सम्वादे, श्रीस्वस्थानी व्रतकथाये बालुवाटार प्रकरणवर्णनाम प्रथमअध्याय धन्यवाद !’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप