केन्द्रीय संस्करण

छुट्टाछुट्टै  दुर्घटनामा ३ जनाको मृत्यु

person explore access_timeफागुन ६, २०७६ chat_bubble_outline0

काठमाडौं । कास्की र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा प्रदेश नम्बर ३-०१-०२२ च ०६६१ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा सवार स्याङ्जा विरुवा घर भएका २७ वर्षीय याम बहादुर मगरको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी बाराको पचरौता नगरपालिका-८ ढोरापुल नजिक ना.२३ प २७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पचरौता नगरपालिका-८ बस्ने २२ वर्षीय बिजय यादव र मोटरसाइकलमा सवार ५५ वर्षीय रामेश्वर यादवको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको   प्रहरीले जनाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...