चोरी गरिरहेको अवस्थामा २ जना पक्राउ
मङ्गलबार, ०६ फागुन २०७६, १३ : ०८
भक्तपुर । मध्यपुर थिमी नगरपालिका-२ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगागढी घर भएका २० वर्षीया जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ताप्लेजुङ चिडिउवा घर भई काठमाडौं बस्ने पुजन लिम्बु र काभ्रे घर भई काठमाडौं डल्लु बस्ने अनिल तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै लिम्बुको साथबाट छिनो १ थान र नगद ५ हजार ३ सय १५ रुपैयाँ तथा तामाङको साथबाट खुकुरी १ थान र नगद १५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने