शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायिकाले माइतीमा गरिन् आत्महत्याः सुसाइड नोटमा लेखिन्, ‘मेरा घरकालाई नछोड्नु’

मङ्गलबार, ०६ फागुन २०७६, १२ : ५८
मङ्गलबार, ०६ फागुन २०७६

कन्नड फिल्मकी चर्चित गायिका सुष्मिताले आफ्नो माइतीमा आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएको छ ।

सुष्मिताले आत्महत्या गर्नुअघि निकै लामो मेसेज पठाएर आफ्नो मृत्युको कारण बताउँदै दोषीलाई कुनै पनि स्थितीमा नछोड्ने आग्रह गरेकी छिन् ।

यसबारे पुलिसले सोमबार उनकी आमासँग कुराकानी गरेको छ जसमा उनकी आमाले दाइजो उत्पीडनका कारण छोरीले यस्तो कदम उठाएको बताइन् । पुलिस स्रोतका अनुसार २७ वर्षीया गायिकाले आइतबार आत्महत्या गरेकी हुन् । आइबी टाइम्सले स्रोत उद्धृत गर्दै सुसाइड नोटमा सुष्मिताले के लेखेकी थिइन्, त्यसबारे जानकारी दिइएको छ जसमा बताइए अनुसार सुष्मिताले लेखेकी छिन्, ‘आमा मलाई माफ गरिदिनु, मैले मेरो गल्तीको सजाय पाइरहेकी छु । मलाई श्रीमानका आन्टीले टर्चर गरिन् । उनले मलाई घरबाट निस्कन भन्थिन् । उनलाई नछोड्नुहोस् । शरत, वैदेशी र गीता मेरो मृत्युका लागि प्रत्यक्ष रुपमा जिम्मेवार छन् । मैले उनीहरुलाई धेरै बिन्ती गरेँ तर उनीहरुको मन र मुटु कहिले पनि पग्लिएन ।’

उनले थपिन्, ‘म उनीहरुको घरमा मर्न चाहन्नँ । विवाहको दिनदेखि नै यी सबै सुरु भएको थियो । मेरो अन्तिम संस्कार मेरो माइतीमै मेरो भाइको हातबाट होस् । मेरा घरका लाई नछोड्नुहोस् नभए मेरो आत्माले शान्ति पाउँदैन । म तपाईंलाई धेरै मिस गर्नेछु, आमा ।’

स्रोतका अनुसार करिब डेढ वर्ष अघि शरत कुमारसँग उनको विवाह भएको थियो । विवाहको केही समयपछि नै श्रीमान् र घरका सदस्यसँग उनको मतभेद भएको थियो । झगडा बढ्दै गएपछि उनी माइतीमा नै बस्न थालिन् ।

सुष्मिताले ‘श्रीसमान्य’ र ‘हालू ठुप्पा’ जस्तो कन्नड फिल्ममा गीत गाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप