शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० वर्षपछि शैली थिएटरमा ‘सेतो कपाल’

मङ्गलबार, ०६ फागुन २०७६, १२ : ३२
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । दश वर्षपछि नाटक ‘सेतो कपाल’ पुनः मञ्चन सुरु भएको छ । रंग सारथी र शैली थिएटरको सयुक्त प्रस्तुतिमा रातोपुलस्थित शैली थिएटरमा नाटक फागुन २ गतेदेखि नियमित मञ्चन सुरु भएको हो ।

प्रयोगवादी नाटककार, लेखक तथा निर्देशक विजय विष्फोटको लेखन र निर्देशन रहेको यो नाटक यसअगाडि आरोहण गुरुकुलमा मञ्चन भएको थियो ।

डार्क कमेडी जनराको ‘सेतो कपाल’ आर्थिक दृष्टिले अत्यन्तै जोखिमपूर्ण नाट्यकर्मलाई आफ्नो जीवनको सर्वाधिक उपलब्धि ठानी त्यसैभित्र रमाउन अभ्यस्त एक नाटककारको जीवनीमा आधारित रहेको छ ।

नाटकमा शेर शाही, पुस्कर दाहाल, सुरेन्द्र क्षेत्री, ज्योती राई, बालकृष्ण रिजाल, निमा पाण्डे, सदीन लुइँटेल, रविन तामाङ्ग, कुमार जोशी, नोरचेन लामा, रीया चौधरी, करिश्मा के.सी., मिरा के.सी लगायतको अभिनय रहेको छ । 

रोशन तण्डुकार स्टेज मेनेजर रहेको नाटकमा प्रकाश तथा पाश्र्व संगीत परिकल्पनामा टिबिजे, प्रकाश परिचालनमा विशाल घिमिरे रहेका छन् । नाटक फागुन १७ गतेसम्म मञ्जन हुने कलाकार शेर शाहीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप