शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकप्रिय कलाकारहरुको सहकार्य ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक

मङ्गलबार, ०६ फागुन २०७६, १२ : ०३
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । लोकप्रिय कलाकारहरु रोहित जोन क्षेत्री, स्वप्निल शर्मा, स्वप्न सुमन, त्रिशला गुरुङ र रोहित शाक्यको सांगीतिक सहकार्य रहेको गीत ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन–२ मा सार्वजनिक भएको छ ।

टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो, जसमा विभिन्न प्रचलित कलाकारहरुको लाईभ स्टुडियो रेकर्डेड प्रस्तुतिहरु पेश गरिन्छ । सो डिजिटल प्ल्याटफर्ममा प्रसिद्ध कलाकारहरुले आफ्ना लोकप्रिय गीतहरु भिन्न शैलीमा प्रस्तुत गर्छन् ।

देशभक्ति गीत ‘मेरो देश’ को शब्द र कम्पोजिसन स्वप्निल शर्माले गरेका हुन भने, एरेन्जर र निर्माताको भूमिकामा रोहित शाक्य रहेका छन् । गीतको प्रिमियर टुबोर्ग ओपन सेसन्स् मार्फत गरिएको हो । 

 गीतले नेपालको सुन्दरता र देशप्रतिको समर्पणको महिमा गर्नुका साथै राष्ट्रको विविधता, बहुसंस्कृति र सुन्दरताको बयान गर्छ । यस्तै देशभरिका जनताहरुको अद्वितीय परम्परा, भाषा र संस्कृतिहरुमा आधारित कथा पनि बताउँदछ । 

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतहरुमा सँगै सहकार्य गर्ने बताइएको छ । 

सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपूर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समूहको प्रस्तुतिको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्यूज पाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप