बुटवलमा सवारी दुर्घटना, ६ जना घाइते
मङ्गलबार, ०६ फागुन २०७६, ११ : ४४
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा मंगलबार सवारी दुर्घटनामा दुई साइकल यात्रीसहित ६ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलबाट सालझण्डीतर्फ आइरहेको लु१ज २९४३ नम्बरको विङ्गर र विपरित दिशाबाट आइरहेको बिएए २५६८ नम्बरको कार ठोक्किएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोकर्ण चौहानले जानकारी दिएका छन् । दुई सवारी साधन आपसमा ठोक्किएपछि साईलकमा समेत ठक्कर दिएको हो ।
प्रहरीका अनुसार विङ्गरमा सवारमध्ये ४ जना घाइते छन् भने साइकलमा सवार २ जना पनि घाइते भएका छन् ।
घाइते ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद