काँग्रेसका पूर्व सांसद ज्ञवालीको निधन
काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको हो ।
स्वर्गीय ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित थिए । भारतको दिल्लीमा उपचारपछि उनको ललितपुरको अल्का अस्पतालमा पुनः उपचार भइरहेको थियो ।
स्वर्गीय ज्ञवाली नेपाली काँग्रेस गुल्मीका एक अग्रज नेता थिए । २००१ साल कात्र्तिक १ गते जन्मिएका ज्ञवाली २०४८ सालको आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको काँग्रेसले जनाएको छ ।
उनको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । ‘नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ,’ शोक सन्देश जारी गर्दै देउवाले भनेका छन् ।
स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै देउवाले उनको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
‘उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु,’ देउवाले भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ