शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट काठमाडौँमा एक जनाको मृत्यु

मङ्गलबार, ०६ फागुन २०७६, ११ : ०३
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–६, ढोल्लामा गएराति टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय प्रविण श्रेष्ठ छन् ।

साँखुबाट बज्रयोगिनीतर्फ जाँदै गरेको ना १ क ४५६४ नम्बरको टिपरले सोमबार राति पौने १० बजे श्रेष्ठलाई ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवलाई पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

ठक्कर दिने टिपरसहित चालकलाई प्रहरी प्रभाग साँखुले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप