बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतकी महिला सांसदलाई भारत प्रवेश निषेध

सोमबार, ०५ फागुन २०७६, २३ : ४७
सोमबार, ०५ फागुन २०७६

एजेन्सी । भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टमा रोकेको छ । सोमबार बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलमा रोकेको हो । अब्राहम कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको कटु आलोचकका रुपमा चिनिन्छिन् । विमानस्थलमा रोकेसँगै भारतले उनको भिसा समेत रद्द गरिदिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सांसद अब्राहम कश्मीर सम्बन्धी बेलायती संसदीय समितिका अध्यक्ष पनि हुन् । दिल्ली एयरपोर्टमा रोकिएपछि प्रतिक्रिया दिँदै उनले एयरपोर्ट  अधिकारीहरूले आफ्नो भिसा किन रद्द गरियो भने कारण समेत खुलाउन नचाहेको आरोप लगाएकी छिन् । सांसद अब्राहम निजी भ्रमणमा भारत आउँदै थिइन् ।

उनी सोमबार एमिरेट्स फ्लाइटबाट दिल्ली एयरपोर्टमा आइपुगेपछि एयरपोर्टका अधिकारीहरूले उनको भिसा चेकजाँच गरेका थिए । त्यसलगत्तै उनको भिसा अस्वीकार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप