बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्भया मुद्दाका ४ दोषीलाई फाँसी दिने निश्चित, नयाँ मृत्यु वारेन्ट जारी

सोमबार, ०५ फागुन २०७६, २३ : १७
सोमबार, ०५ फागुन २०७६

एजेन्सी । दिल्लीको पटियाला हाउस अदालतले निर्भया मुद्दाका अपराधीलाई फाँसी दिन नयाँ मृत्यु वारेन्ट जारी गरेको छ । सोमबार अदालतले सो प्रकरणमा दण्ड सजाय सुनाइएका ४ जनालाई ३ मार्चमा फाँसी दिने फैसला सुनाएको हो ।
यसभन्दा पहिले पनि अदालतले उनीहरुमाथि दुईपटक फाँसीको मिति तोकेको थियो, तर पटक पटक स्थगित हुँदै आएको थियो । सोमबार जारी गरिएको पछिल्लो मृत्यु वारेन्टअनुसार अदालतले चारजना दोषीलाई ३ मार्च बिहान ६ बजेको समय तोकेको छ। मृत्युदण्डको सजाय तोकिएका दोषीहरुमा मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता रहेका छन् ।

यसभन्दा पहिले अदालतले जनवरी २२ मा फाँसीको मिति तोकेको थियो तर एकजना दोषीले राष्ट्रपतिसमक्ष पेश गरेको दया याचिकाका कारण उक्त फाँसीको मिति स्थगित गरिएको थियो । त्यसपछि अदालतले फेब्रुअरी १ को दिन फाँसी दिने मिति तोकेको थियो तर त्यसदिन पनि अर्को आदेश नभएसम्म फाँसीलाई स्थगित गरिएको थियो । अदालतको यो फैसलासँगै निर्भयाकी आमा आशादेवीले अपराधीलाई यसपटक झुण्ड्याइने आशा व्यक्त गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप