बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा ब्राउन सुगरसहित २ जना पक्राउ

सोमबार, ०५ फागुन २०७६, २२ : ३२
सोमबार, ०५ फागुन २०७६

सिरहा । इलाका प्रहरी कार्यालय गोलबजारले लागुपदार्थ ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका ७ चोहर्वाबाट प्रहरीले करिब ३० पोका ३ ग्राम ब्राउन सुगरसहित २५ वर्षीय कृष्ण यादवलाई घरबाटै नियन्त्रणमा लिएको हो । 

विशेष सुराकीको आधारमा पुगेका प्रहरी टोलीले यादव र सोही ठाउँका २० वर्षीय प्रवेश महतोलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए । 

प्रहरीले उनीहरुको साथबाट १५ हजार ९ सय ७५ रुपैयाँ नगदसहित विभिन्न ब्राण्डका ७ वटा मोवाइल पनि बरामद गरेको छ । गोलबजार प्रहरीलेमात्रै चालू आर्थिक वर्ष ०७६÷७७ मा ब्राउन सुगरका १४ मुदामा ३१ ज्नामाथि मुद्दा चलाएको छ । उनीहरुको साथबाट २६ ग्राम २ सय ५५ मिलि ग्राम ब्राउसुगर बरामद गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप